शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

थप १५८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १७ २०७८
थप १५८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत 

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५ सय ४ जनाको पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ७६ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १ लाख ३९ हजार हजार ४ सय ५३ रहेको छ। 

पछिल्लो समय थप ३५४ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार १६७ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। थप दुई जनाले कारोनाबाट ज्यान गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको छ।  

 त्यसैगरी पछिल्लो समय १ लाख ८ हजार १ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ९ सय ७१ छ।


प्रकाशित : मंगलबार, फागुन १७ २०७८१२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend