शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धानबालीमा मरुवा रोगको समस्या

बिहीबार , असोज ९ २०८२
धानबालीमा मरुवा रोगको समस्या

यो रोग लाग्दा पातमा स-साना सेता टीका बीचमा भएको लाम्चिला खैरा थोपा देखिने गर्छन्।

चितवन- जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ। कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो।

कार्यालयका बाली विकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो रोगको समस्या लिएर आउने गरेका छन्। ढुसीका कारण लाग्ने यो रोग लाग्ने गर्दछ। अहिलेको समयमा देखिएको मरुवा रोग नियन्त्रणका लागि पानी जमाएर राख्नुपर्ने उनले सुझाव दिइन्। यो रोग लाग्दा पातमा स-साना सेता टीका बीचमा भएको लाम्चिला खैरा थोपा देखिने उनले जानकारी दिइन्।

उनका अनुसार बालादेखि तलको डाँठको वरिपरी वा आँख्लामा खैरो रंग भएको दाग पनि देखिने गर्दछ। यो रोग देखिएमा नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्न उनले सुझाव दिए। खेतमा पानी जमाई राख्न पनि उनको सुझाव छ। ढुसी सहन सक्ने जातका धान लगाउनुपर्ने उनले जानकारी दिइन्।

जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। रोग, किरा र बुढो बीउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताए। रासस


प्रकाशित : बिहीबार , असोज ९ २०८२१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend