शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

रुसी राष्ट्रपति पुटिनसँग कति छ धन? 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १७ २०७८
images
रुसी राष्ट्रपति पुटिनसँग कति छ धन? 

युक्रेनमाथि आक्रमण गरेर विश्व व्यवस्था माथि धावा बोलेको, अमानवीय काम गरेको भन्दै पश्चिमा देशले पुटिनमाथि प्रतिबन्ध लगाएका हुन्। 

images
images

काठमाडौं- रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्। रसियन कम्पनी तथा संस्थाहरूलाई पश्चिमा देशले आर्थिक प्रतिबन्ध लगाएका छन्। 

images
images
images

पश्चिमा देशले रुसका कम्पनी तथा संस्थालाई मात्र होइन रसियन शासक तथा राष्ट्रपति भ्लादमिर पुटिनमाथि पनि आर्थिक प्रतिबन्ध लगाएका छन्। कुनै पनि विदेशी नेताप्रति लगाइने यस्तो दुर्लभ प्रतिबन्ध पश्चिमा देशले पुटिनमाथि लगाएका छन्। 

images
images

युक्रेनमाथि आक्रमण गरेर विश्व व्यवस्था माथि धावा बोलेको, अमानवीय काम गरेको भन्दै पश्चिमा देशले पुटिनमाथि प्रतिबन्ध लगाएका हुन्। 

images
images

लामो समयदेखि रसियाको शासनमा रहेका पुटिन शक्तिशाली शासक हुन्। रसियन कुलीन तथा धनाढ्यहरूलाई आफ्नो नियन्त्रणमा लिएर उनले शासनलाई बलियो बनाइरहेका छन्। आफ्ना विरोधी जतिलाई जेल पठाउने गरेका पुटिनले धनाढ्यहरूलाई सबैभन्दा नजिक राख्छन्। 

त्यस्तै धनाढ्यहरू मार्फत सम्पत्ति आर्जन तथा व्यवस्थापन गर्दै आएको उक अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको थियो। २०१६ को पानमा पेपर्स रिपोर्ट अनुसार पुटिनको धन सम्बन्धनका बारेमा खोजी गरिएको थियो। उनीसँग कुनै पनि सम्बन्ध नभएकाहरूले बनाएका अलिसान महलमा उनी बस्ने तथा मस्ती गर्ने गरेका छन्।  यद्यपि उनले २०१८ मा प्रस्तुत गरेको सम्पत्ति विवरणमा भने ८ सय वर्गमिटरको अपार्टमेन्ट र सोभियत युनियन कालका दुईवटा कार र ट्रकमात्रै भएको देखाइएको थियो। उनको वार्षिक आम्दानी १४ लाख अमेरिकी डलर मात्र छ। यो आम्दानीले उनको लक्जरी जीवनशैली धान्न सक्दैन। त्यसैले उनको गुप्त धन र त्यसको साँठगाँठ रहेको पनामाको अनुसन्धानमा दाबी गरिएको थियो। 

पुटिनको वास्तविक सम्पत्तिका बारेमा अहिलेसम्म कुनै जानकारी नभएपनि कम्तिमा २ सय अर्ब डलर रहेको अनुमान गरिएको छ। सन् २०१७ को एक अमेरिकी अनुसन्धानले पुटिनको सम्पत्ति त्यो भन्दा धेरै हुनसक्ने अनुमान गरेको थियो। 


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend