शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पाहुनालाई कोसेली बन्दै म्याग्दीको असला माछा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १७ २०७८
images
पाहुनालाई कोसेली बन्दै म्याग्दीको असला माछा

तातोपानी बजारमा पछिल्लो समय आधुनिक सुविधासम्पन्न होटल थपिएका छन्। फापरको ढिँडोसँगै एक प्लेट माछाका परिकार खाएको ४ सय देखि ५ सय रूपैयाँसम्म तिर्नुपर्दछ।

images
images

गलेश्वर- म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो कोसेली बनेका छन्।

images
images
images

बेनी नगरपालिका-४,सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन्।

images
images

बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारको रुपमा खाने गरेका छन्,भने घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा लिएर फर्कने गरेका छन्।

images
images

अन्यत्र पाइने माछा भन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछाप्रति केजी १ हजार ५ सय रूपैयाँमा बिक्री हुने गरेको छ। कोभिड-१९ सङ्क्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने बिरामीको भीड बढेको छ। कुण्डमा चलहपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाटसमेत माछा मारेर व्यापारीले बिक्रीका लागि  तातोपानीसम्म ल्याउने गरेका छन्। 

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पुर्‍याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताए।

'माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पुर्‍याउन सकिएको छैन' उनले भने,'माछा कमै पाइने भएकाले कोसेलीको रुपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको व्यवसायीको भनाइ छ।' 

घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोसेलीको रुपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको छ। पछिल्ला केही वर्ष नदीमा माछा कम हुँदै गएकाले स्थानीयवासीको सहयोगमा प्रहरीलेसमेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ। 

तातोपानीका होटलका भान्सामा विषादीरहित माछा पाक्ने गरेको छ। माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको स्थानीय होटल व्यवसायीको भनाइ रहेको छ। विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइँमा पर्न गएको स्थानीय होटल व्यवसायी कृष्ण केसीले बताए। 

तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वा स्वाथ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दी नदीको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन्। खासगरी म्याग्दी नदीको माछा मीठो हुनेहुँदा माछासँगै मुस्ताङी फापरको ढिँडोको बिक्री ह्वात्तै बढेको होटल व्यवसायीले बताएका छन्।

फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाइँमा रहेको होटल व्यवसायी एवं तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले बताए। उनले तातोपानीका युवाले म्याग्दीखोलामा जाल थापेर दैनिकजसो माछा मारेर बिक्री गर्ने गरेका छन्। 

तातोपानी बजारमा पछिल्लो समय आधुनिक सुविधासम्पन्न होटल थपिएका छन्। फापरको ढिँडोसँगै एक प्लेट माछाका परिकार खाएको ४ सय देखि ५ सय रूपैयाँसम्म तिर्नुपर्दछ।

यसैवर्ष तातोपानीमा सञ्चालनमा आएको श्रेष्ठ होटल हटस्पिङमा पुग्ने स्वदेश तथा विदेशी पाउनालेसमेत लोकल माछा रोज्ने गरेकाले दैनिक खपत हुने गरेको होटल सञ्चालिका साधना श्रेष्ठले बताए। प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी बढेका छन्। रासस


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०७:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend