शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

रसियामा रहेका उत्पादक तथा निर्यातकर्ताले उत्पादन र व्यापार स्थगित गर्दै

images
मंगलबार, फागुन १७ २०७८
images
रसियामा रहेका उत्पादक तथा निर्यातकर्ताले उत्पादन र व्यापार स्थगित गर्दै

अमेरिकी सवारी उत्पादक जनरल मोटर्स र जर्मनीको डिमलर ट्रकले रसियासँग भएको आफ्नो व्यापार तत्कालका लागि स्थगित गरेका छन्। 

images
images

काठमाडौं- रसिया र युक्रेनबीचको युद्ध चर्किँदै जाँदा रुससँग सवारी व्यापार गर्दै आएका र त्यहाँ उत्पादन प्लान्ट राखेका अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्नो व्यापार स्थगित गर्ने क्रम बढेको छ।

images
images
images

अमेरिकी सवारी उत्पादक जनरल मोटर्स र जर्मनीको डिमलर ट्रकले रसियासँग भएको आफ्नो व्यापार तत्कालका लागि स्थगित गरेका छन्। 

images
images

रसियामा प्लान्ट नराखेको जीएमले वार्षिक करिब ३ हजार सवारी बिक्री गर्दै आएको थियो। त्यस्तै स्वीडेनको कार निर्माता कम्पनी भोल्भोले पनि अर्को सूचना नभएसम्म रुसमा कार सप्लाइ नगर्ने बताएको छ। भोल्भोले २०२१ मा रुसमा ९ हजार कार बिक्री गरेको थियो। अर्को जर्मन कार निर्माता कम्पनी फक्सवागनले पनि अल्पकानील रुपमा रुसतर्फ हुने सवारी निर्यातमा रोक लगाएको रोयटर्सले लेखेको छ। 

images
images

रसियाको सबैभन्दा ठूलो कार निर्माता कामाजले अमेरिकी ट्रक इन्जिन निर्माता कमिन्सले समेत इन्जिन उपलब्ध गराउन असमर्थ हुने जनाएको छ। त्यस्तै अमेरिकी प्लेन निर्माता बोइङले पनि मस्कोमा रहेको आफ्नो ट्रेनिङ क्याम्पस समेत तत्काललाई स्थगित गरेको छ। 

जापानी कार उत्पादक मित्सुबिसीले पनि रसियामा रहेको प्लान्टबाट कार उत्पादन स्थगित गर्ने तयारी गरेको छ। 

त्यस्तै रसियाको सबैभन्दा ठूलो एफडीआई रहेको इनर्जी कम्पनी बीपीले पनि आफ्नो व्यवसाय स्थगनको निर्णय गरेको छ। अन्य विभिन्न सामाग्री उत्पादक कम्पनीहरु (जो रसियामा उत्पादन गर्ने वा निर्यात गर्ने)ले समेत धमाधम आफ्ना व्यवसाय स्थगित गरिरहेका छन्। 

युद्धका कारण आउनसक्ने समस्या र युक्रेनमाथि रसियाले देखाएको दादागिरीले समस्या निम्तिएको भन्दै उनीहरुले रसियामाथि दबाब सृजना गर्न यस्तो निर्णय लिएका हुन्। 


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend