शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चोरीका ६ मोटरसाइकलसहित एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
चोरीका ६ मोटरसाइकलसहित एकजना पक्राउ

भक्तपुर- काठमाडौं उपत्यकाका विभिन्न ठाउँ तथा विभिन्न जिल्लाबाट चोरी गरेको मोटरसाइकल बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले ६ वटा चोरीका साधनसहित पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले रामेछाप भिरकोट खनियापानी स्थायी घरभई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ थापागाँउ डेरा गरी बस्ने १८ वर्षीय छिरिङ घिसिङलाई पक्राउ गरी आज सार्वजनिक गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका दुई वटा मोटरसाइकल र चार वटा स्कुटरसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, फागुन १६ २०७८१३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend