शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी, कागज किन्न ११ करोडमा सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
images
स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी, कागज किन्न ११ करोडमा सम्झौता

निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन्।

images
images

काठमाडौं- निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ। जसका लागि ११ करोड रूपैयाँमा कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग सम्झौता भएको छ।

images
images
images

मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा उक्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

images
images

स्थानीय तहसँग त्यहाँ सक्रिय रहेको राजनीति दलको विवरणका आधारमा उम्मेदवार सङ्ख्या आँकलन गरी कति प्रकारका मतपत्र छपाउने भन्ने विषय टुङ्गोमा पुग्न भने बाँकी नै छ। निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन्।

images
images

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही फागुन ५ गतेदेखि १५ गतेसम्म ११ दिनको समयावधि दिएर दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो। निर्वाचनका लागि आवश्यक पर्ने १५ प्रकारका सामग्री प्रदेश र निर्वाचन कार्यालय खरिद गरी व्यवस्थापन गर्नसमेत आयोगले निर्देशन दिइएको छ।

स्थानीय तह निर्वाचनका लागि आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रूपैयाँ बजेट  माग गरेको छ। रकम निकासाका सम्बन्धमा आयोग र मन्त्रालयबीच छलफल भइरहेता पनि हालसम्म निकासा भइ नसकेको जानकारी दिइयो। रासस


प्रकाशित : सोमबार, फागुन १६ २०७८१२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend