शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

युक्रेनमाथि रसियाको आक्रमण : सूर्यमुखीको तेलदेखि गाडीका पुर्जासम्मको अभाव 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
images
युक्रेनमाथि रसियाको आक्रमण : सूर्यमुखीको तेलदेखि गाडीका पुर्जासम्मको अभाव 

युद्ध लम्बिँदै जाँदा त्यहाँबाट आउने तेलको कि मूल्य बढ्ने छ निर्यात नै रोकिने छ। व्यापारको मार्ग फेरिएपनि ढुवानी लागत बढ्ने निश्चित छ। 

images
images

काठमाडौं- पछिल्लो दुई वर्षदेखि कोरोना महामारीका कारणले विश्व आपूर्ति प्रणाली प्रभावित भएको छ। महामारीको प्रभाव न्यूनीकरण हुँदै गएपनि आपूर्ति प्रणालीको प्रभाव अझै घटेको छैन। 

images
images
images

उपभोक्ताको भान्सा र गोजीसम्मै प्रभावित बनाएको महामारीको प्रभाव नघट्दै अर्को कारण थपिएको छ। अहिलेको प्रभाव हो युक्रेनमाथि रुसको आक्रमण। युक्रेनमाथिको आक्रमणले फेरि कयौं वस्तुको उत्पादन प्रभावित भएको छ भने आपूर्ति प्रभावित हुने अवस्था देखिएको छ। 

images
images

युक्रेनमाथि रसियाको आक्रमणपछि विश्व व्यापार नै प्रभावित भएको छ। रसिया तथा युक्रेनमा उत्पादन भएर जाने वस्तु मात्र होइन अरु वस्तुको लागत पनि उच्च भएको छ। प्राकृतिक ग्यास, पेट्रोलियम, सूर्यमुखी तेलको आपूर्ति प्रभावित भएको छ। 

images
images

यी दुई देशमा उत्पादन हुने वस्तु मात्र नभएर रसियाबाट उड्ने एयरलाइन्सलाई पश्चिमा देशहरुले एयरस्पेसमै प्रतिवन्ध लगाइदिएका छन्। यसबाट एयर कार्गो प्रभावित भएको छ भने सामुन्द्रिक व्यापार मार्ग पनि यस्तै रणनीतिक प्रतिबन्धको चपेटामा परिरहेको छ। यसले गर्दा युरोपबाट एसियामा हुने व्यापारको लागत बढिरहेको छ। 

रसियन बैंकहरूलाई स्वीफ्ट भुक्तानी प्रणालीमा प्रतिबन्ध लगाइदिएपछि अरू देशका उत्पादक पनि प्रभावित भएका छन्। उनीहरुले गर्ने उत्पादन तथा व्यापार संकुचित हुने अवस्थामा पुगेको छ। रसियासँग व्यापार भएका र रसियन बैंकबाट कारोबार गर्नुपर्ने अरू देशमा रहेका उत्पादकहरू मारमा परेका छन्। 

युक्रेनमाथि रसियन आक्रमणबाट सबैभन्दा प्रभावित हुने क्षेत्र विशेषमा अटोमोबाइल तथा इलेक्ट्रोनिक्स नै छन्। कोरोना महामारी कालदेखि नै संकुचित भएको सेमिकन्डक्टरको उत्पादन फेरि प्रभावित हुने भएको छ। सेमिकन्डक्टर उत्पादनका लागि आवश्यक महत्वपूर्ण वस्तु रसियाबाट आपूर्ति हुँदै आएको छ। नियोन ग्यास र प्याल्लाडियम यस्ता चिज हुन् जो सेमिकन्डक्टर उत्पादनका लागि आवश्यक छन्। 

युद्ध सुरू भएपछि अधिकांश खनिजजन्य वस्तुको मूल्य बढेको छ। जस्तो गत सातामात्र पेट्रोलियमको मूल्य आठ वर्षकै महंगो भएको थियो। त्यस्तै अल्मुनियमको मूल्य २० प्रतिशतले बढेको छ भने प्याल्लाडियमको मूल्य २६ प्रतिशतले बढेको छ। यी वस्तुमा बढेको मूल्यले संसारभरका उपभोक्तालाई प्रभावित पार्छ। 

रसिया र युक्रेनका अधिकारीहरूबीच  वार्ता हुने तय भएको छ। यद्यपि त्यो वार्ताबाट समस्याको समाधान निस्किने कुनै ग्यारेन्टी छैन। अहिले रसियाले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ भने पश्चिमा देशहरूले रसियामाथिको आर्थिक नाकाबन्दी अझै कडा बनाउँदै गएका छन्। यो अनिश्चतता जति लामो हुँदै जान्छ विश्व व्यापार त्यति नै प्रभावित हुने देखिन्छ। 

नेपालजस्ता आयातमा आधारित अर्थतन्त्र पनि प्रभावित हुनेछन् यो अवस्थाबाट। पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाहेक अरु वस्तुको मूल्यवृद्धिले नेपालको अर्थतन्त्र अझै प्रभावित हुनसक्छ। नेपालले युक्रेनबाट सूर्यमुखी अप्रसोधित तेल आयात गर्दै आएको छ। युद्ध लम्बिँदै जाँदा त्यहाँबाट आउने तेलको कि मूल्य बढ्ने छ निर्यात नै रोकिने छ। व्यापारको मार्ग फेरिएपनि ढुवानी लागत बढ्ने निश्चित छ। 


प्रकाशित : सोमबार, फागुन १६ २०७८११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend