शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतीय बजारमा आक्रामक किया, कुल उत्पादनमा १० प्रतिशत हिस्सा पुर्‍याउने

मंगलबार, फागुन १७ २०७८
भारतीय बजारमा आक्रामक किया, कुल उत्पादनमा १० प्रतिशत हिस्सा पुर्‍याउने

स्यानीय बजारमा बिक्री हुने र निर्यात गर्ने लक्ष्यसहित कियाले २०२२ मा भारतबाट ३ लाखदेखि ३ लाख ५० हजार कार उत्पादन गर्ने योजना बनाएको छ।

काठमाडौं- केही वर्षअघिसम्म भारतीय बजारमा निक्कै न्युन बजार हिस्सा रहेको कोरियाली कार उत्पादक कम्पनी किया मोटर्सले आक्रामक योजना ल्याएको छ। जसका कारण अहिले कम्पनीले आफ्नो विश्वव्यापी हिस्सामा भारतीय उत्पादनले १० प्रतिशत योगदान गर्ने लक्ष्य राखेको छ। 

किया मोटर्सले २०२२ मा उक्त लक्ष्य हासिल हुने बताएको छ। कियाले भारतीय बजारमा सेल्टोस, सोनेटलगायत मोडल सार्वजनिक गरि ति सफलताको उचाइमा रहेको छन्। त्यस्तै कम्पनीहले केही समयअघि मात्र नयाँ मोडल कारन्स सार्वजनिक गरेको थियो। यो कारको समेत भारतीय बजारमा माग उल्लेख्य रहेको छ। 

भारत २०२१ मा विश्वको सबैभन्दा छिटो वृद्धि हुने अटोमोबाइल बजारमा पर्छ। २०२२ मा भारतीय अटोमोबाइल बजार विश्व अटोमोबाइल बजारको तुलनामा ३३ प्रतिशत धेरै बढ्ने छ। 

स्यानीय बजारमा बिक्री हुने र निर्यात गर्ने लक्ष्यसहित कियाले २०२२ मा भारतबाट ३ लाखदेखि ३ लाख ५० हजार कार उत्पादन गर्ने योजना बनाएको छ। कियाले भारतको आन्द्रपदेशमा प्लान्ट स्थापना गरेर कार उत्पादन गर्दै आएको छ। आन्द्रप्रदेशको अनन्तपुरमा रहेको प्लान्टबाट कियाले २०२१ गरेको कुल उत्पादनको ८ प्रतिशत योगदान गरेको थियो। २०२२ मा यो बढेर ९.५ पुग्ने विश्वास किया मोटर्सले गरेको छ। 

सो प्लान्टबाट उत्पादन वृद्धिका लागि कियाले कर्मचारी थप्नेदेखि ३ सिफ्टमा प्लान्ट सञ्चालनसम्मको काम गरिहेको छ। भारतमा कियाको मेड इन इन्डिया उत्पादनको माग उच्च रहेको छ। त्यस्तै निर्यातका लागिसमेत भारतीय उत्पादनकै माग धेरै रहेको किया इन्डियाका उपाध्यक्ष (सेल्स एन्ड मार्केटिङ) हर्दिप ब्ररले द इकोनामिक टाइम्ससँग बताएका छन्। 

किया मोटर्सको भारतमा अहिले पनि ७५ हजार कार बुकिङमा रहेको छ। बुकिङ गर्नेहरुको वाइटिङ समय ३ देखि ६ महिनासम्म रहेको कम्पनीले जनाएको छ। कियाले पछिल्लो पटक सार्वजनिक गरेको कार कारन्स बुकिङ सबैभन्दा बढी अर्थात ३० हजार वटा रहेको छ। 

किया इन्डियाको बिक्री संख्यामा मात्र नभएर आम्दानी तथा नाफामा समेत उल्लेख्य वृद्धि भएको छ। २०२१ मा कर तिरिएपछिको नाफा ११ अर्ब भारु रहेको थियो। कियाले २०२१ मा विश्वभरबाट गरेको आम्दानीमा भारतीय बजारको हिस्सा ५ प्रतिशत थियो। २०२२ मा यो बढेर ७.७ प्रतिशत पुग्ने अनुमान किया कोरियाले गरेको छ। 

सोनेट र सेल्टोस नेपाली बजारमा भित्रिएपछि यहाँ समेत कियाले आफ्नो बजार उल्लेख्य रुपमा विस्तार गरेको छ। कियाका कार नेपाली बजारमा कन्टिनेन्टल ट्रेडिङ प्रालिले उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend