शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

विश्व बैंकसँग पाँच अर्ब ८७ करोडको ऋण सम्झौता,स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
images
विश्व बैंकसँग पाँच अर्ब ८७ करोडको ऋण सम्झौता,स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च हुने 

हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले बैंकले दिने वित्तीय सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए। 

images
images

काठमाडौं-  नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि  पाँच अर्ब ८७ करोड बराबरको  ऋण सम्झौता भएको हो ।

images
images
images

बुधबार अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

images
images

हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले बैंकले दिने वित्तीय सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए। 

images
images

समारोहमा विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिसले यस किसिमका सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई समावेशी र उत्थानशील बनाउनमा योगदान गर्ने विश्वास व्यक्त गरे। 

 


प्रकाशित : बुधबार, भदौ ३० २०७८१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend