शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतिनिधि सभाबाट अनुमोदन भयो एमसीसी

आइतबार, फागुन १५ २०७८
प्रतिनिधि सभाबाट अनुमोदन भयो एमसीसी

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ।

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता आइतबार अनुमोदन भएको हो। संविधानको धारा २७९ र प्रतिनिधि सभाको नियम २० बमोजिम एमसीसी सम्झौता पारित भएको सभामुख अग्‍निप्रसाद सापकोटाले संसदमा जानकारी दिएका छन्। 

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्न समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ।

एमसीसी सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसीसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले एमसीसीको पक्षमा ध्वनि मत दिए। राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमकिपाले भने विपक्षमा ध्वनि मत दिएका थिए।


प्रकाशित : आइतबार, फागुन १५ २०७८१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend