शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटाको एस गाेल्ड बीएस ६ भर्सन नेपाली बजारमा 

आइतबार, फागुन १५ २०७८
टाटाको एस गाेल्ड बीएस ६ भर्सन नेपाली बजारमा 

७.२ फिट लामो र ४.९ फिट चौडा बडी रहेकाले फर्नीचर, पानी, खाद्यान्नलगायतको ढुवानीका लागि उपयाेगी ठहर हुँदै आएको छ। 

काठमाडाैं- टाटा मोटर्सको ने‍पालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस गाेल्डको नयाँ भर्सन नेपाल भित्र्याएको छ। नेपाली बजारमा लोकप्रिय रहेकाे स्मल कमर्सियल भेहिकल टाटा एस गोल्डको बीएस ६ भर्सन आएको हो। 

कम प्रदूषण गर्ने वातावरणमैत्री टाटा एस सहरी क्षेत्रमा सामान ढुवानीका लागि निक्कै उपयोगी मानिएको छ। पेट्रोलबाट सञ्चाल हुने एस गोल्ड गाडीमा विभिन्न विशेषताहरु रहेकाले साना तथा मध्य व्यवसायीहरुलाई व्यापारमा पूर्ण रुपमा सहयो पुग्ने विश्वास सिप्रदीको कमर्सियल डिभिजन अन्तर्गत एससीभी प्रोडक्ट इन्चार्ज केशव पाण्डेले लिएका छन्।  

२ सिलिन्डर सहित ६ सय ९३ सीसी मल्टि प्वाइन्ट फ्युल इन्जेक्सन पेट्रोल इन्जिन भएको एस गोल्डले २२ पीएस पावर र ५५ एनएमको टर्क प्रदान गर्छ। ७० किलाेमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्ने एस गोल्डमा २६ लिटरको इन्धन ट्यांकी रहेको छ। 

७५० केजी पेलोड क्षमता भएको यो गाडीको माइलेज उत्कृष्ट रहेको छ। नेपाली बजारमा उपलब्ध एससीभीको तुलनामा टाटाको एस गोल्ड बीएस ६ अझै परिमार्जित भइ उत्कृष्ट क्षमता सहित आएकाे सिप्रदी ट्रेडिङ लिमिटेडको कमर्सियल भेहिकल बिजनेस युनिटका वरिष्ठ महाप्रबन्धक अनुप ढकालले बताए। 

सिप्रदीले नेपाली बजारमा टाटाका ७५० किलोदेखि ५० टन सम्मका व्यावसायिक गाडीहको दायरा बढ्दै भएकाले कुनै पनि व्यावसायीको आवश्यकता पुरा गर्न टाटा तथा सिप्रदी सदा अग्रपंतिमा रहेको कुरा समेत ढकालले उल्लेख गरे। 

७.२ फिट लामो र ४.९ फिट चौडा बडी रहेकाले फर्नीचर, पानी, खाद्यान्नलगायतको ढुवानीका लागि उपयाेगी ठहर हुँदै आएको छ। 

व्यवसायी माझ सानाे हात्ति समेत भनेर चिनिएकाले व्यवसाय गर्न चाहने सबैका लागि उपयोगी हुने टाटा एस गोल्ड बीएस ६ को मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँ तोकिएको प्रोडक्ट इन्चार्ज केशव पाण्डेले जानकारी दिए। 

सिप्रदी ट्रेडिङ प्रालिको सबै भन्दा ठूलो सेवा नेटवर्क तथा स्पेयर पार्ट्सको उपलब्धताले टाटाका गाडी धेरैको राेजाइमा पर्ने गरेको छ।


प्रकाशित : आइतबार, फागुन १५ २०७८१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend