बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

जनजीवन सामान्य, कर्फ्यु र निषेधाज्ञा क्रमश हटाउँदै

शनिबार, भदौ २८ २०८२
जनजीवन सामान्य, कर्फ्यु र निषेधाज्ञा क्रमश हटाउँदै

नयाँ अन्तरिम सरकार गठनसँगै मुलुकभर जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। आन्दोलनका कारण विगत केही दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञा विभिन्न क्षेत्रमा हटाइँदै गर्दा दैनिक जीवन फेरि सुचारु भएको छ।

काठमाडौं-  नयाँ अन्तरिम सरकार गठनसँगै मुलुकभर जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। आन्दोलनका कारण विगत केही दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञा विभिन्न क्षेत्रमा हटाइँदै गर्दा दैनिक जीवन फेरि सुचारु भएको छ।

आन्दोलनका कारण स्थगित जनजीवन फेरि सक्रिय बन्दै गर्दा युवापुस्तासहित आम नागरिकमा उत्साह र खुशी छाएको छ। शान्ति सुरक्षाको अवस्था पनि सामान्य रहेको सरकारी अधिकारीहरूले जनाएका छन्।

भ्रष्टाचारविरुद्धको आवाज र सुशासन प्रवर्द्धनको मागलाई सम्बोधन गर्ने उद्देश्यले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।

जनचाहना अनुरूप शान्ति, सुव्यवस्था र कानुनी शासनको अनुभूति दिलाउँदै तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी नयाँ सरकारले लिने  छ।

 


प्रकाशित : शनिबार, भदौ २८ २०८२१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend