बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्रहरीले भन्यो - पोशाक, हातहतियार र सञ्चार साधन फेला पार्नुभएको छ भने फिर्ता गर्नुस्

बिहीबार , भदौ २६ २०८२
प्रहरीले भन्यो - पोशाक, हातहतियार र सञ्चार साधन फेला पार्नुभएको छ भने फिर्ता गर्नुस्

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गरेको छ।

काठमाडौं- गएको मंगलबार भएको आन्दोलनका क्रममा लुटिएका, भेटिएका हातहतियार, सञ्चार साधन र सवारी साधन फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।  

नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेकोमा उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरिएको छ।

साथै आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गरेको छ।


प्रकाशित : बिहीबार , भदौ २६ २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend