काठमाडौं- रामेछाप कारागारबाट भाग्न खोजेका कैदीबन्दीमाथि सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना कैदी घाइते भएका छन्।
कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाएको हो।
सप्तरी जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई पनि नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
यस्तै, कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई नियन्त्रणमा लिइ नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयलाई बुझाएको छ।
१२ जना कैदीहरू भने आफै कारागारमा हाजिर भएका छन्।
त्यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ।