काठमाडौं- विशेष अदालत काठमाडौंको सेवा अनिश्चितकालका लागि बन्द भएको छ। मंगलबार आन्दोलनकारीको आगजनीका कारण अदालत भवनमा क्षति पुग्दा सेवा सुचारु अनिश्चित बनेको हो।
आगजनीका कारण अदालतमा रहेका मुद्दाका मिसिल, इजलास र अन्य उपकरणहरूमा समेत क्षति पुगेको अदालत प्रशासनले जनाएको छ।
अदालत प्रशासनका अनुसार अर्को सूचना वा व्यवस्था नभएसम्मका लागि मुद्दाको सुनुवाइ तथा अन्य सेवा प्रवाहसमेत पूर्णरूपमा बन्द रहने छ।