बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

काठमाडौं उपत्यकामा कर्फ्यु तथा निषेधाज्ञाको समय थप, अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने

बिहीबार , भदौ २६ २०८२
काठमाडौं उपत्यकामा कर्फ्यु तथा निषेधाज्ञाको समय थप, अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने

सो अवधिमा अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने नेपाली सेनाले जनाएको छ।

काठमाडौं- काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा तथा कर्फ्यु भोलि २७ गते बिहान ६ बजेसम्मलाई निरन्तरता दिइएको छ।

सो अवधिमा अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने नेपाली सेनाले जनाएको छ। 

साथै, जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि आज ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने भएपनि स-सानो समूहमा काम गर्न सेनाले आग्रह गरेको छ।

जेनजी आन्दोलनको दोस्रो दिन गएको मंगलबार राजधानी काठमाडौंसहित देशका विभिन्न सहरहरूमा सरकारी कार्यालय, पार्टी कार्यालय भवन, शीर्ष नेताका घर, उद्यमी, उद्योगपति र बहुराष्ट्रिय कम्पनीहरूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको थियो।

सोमबार भएको जेनजीको आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यकामा साेही दिन दिउँसोदेखि नै कर्फ्यु जारी गरिएको थियो। आन्दोलनकारीले कर्फ्यु तोडेर मंगलबार झनै हिंसात्मक गतिविधि बढाउँदा अहिले सुरक्षाका लागि सेना परिचालन गरिएको छ।

 


प्रकाशित : बिहीबार , भदौ २६ २०८२१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend