बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

रुपन्देहीमा कर्फ्यु आदेशलाई निरन्तरता

बिहीबार , भदौ २६ २०८२
रुपन्देहीमा कर्फ्यु आदेशलाई निरन्तरता

प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन्।

लुम्बिनी- रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। 

प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले आज जारी भएको कर्फ्यु आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८:३० बजेदेखि जारी भएको कर्फ्यु आदेशलाई आज बिहान ९ बजेदेखि पुनः लागु गरिएको जनाइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७:०० बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरिएको सूचनामा जनाइएको छ। यसअघि आज बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म कर्फ्यु आदेश खुला गरिएको थियो । 

कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने व्यहोरा आदेशमा जानकारी गराएको छ।

प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन्। रासस


प्रकाशित : बिहीबार , भदौ २६ २०८२१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend