बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नख्खु कारागारबाट भागेका तीन जना धादिङबाट पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २६ २०८२
नख्खु कारागारबाट भागेका तीन जना धादिङबाट पक्राउ

धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठले लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

धादिङ- बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिइएको छ।

नेपाली सेनाले आज जेनजी आन्दोलनका क्रममा भागेका सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो।

धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठले लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका तीनै जना जबरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेको खुलेको छ भने तीनै जनालाई प्रहरीको जिम्मा लगाइएको पनि उनले बताए। रासस

प्रकाशित : बिहीबार , भदौ २६ २०८२१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend