बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

बिहीबार , भदौ २६ २०८२
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए। अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ।

चितवन- जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ।

आज बिहान ६ बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन्।

निषेधाज्ञा कार्यान्वयन गर्दै बिस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए। अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ २६ २०८२१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend