बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

भाटभटेनीका विभिन्न १२ वटा आउटलेटमा आगजनी, ९ वटामा तोडफोड र चोरी डकैती

बुधबार, भदौ २५ २०८२
भाटभटेनीका विभिन्न १२ वटा आउटलेटमा आगजनी, ९ वटामा तोडफोड र चोरी डकैती

काठमाडौं- नयाँ पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै सुरु गरेको आन्दोलन भड्किँदा मंगलबार भाटभटेनी सुपरमार्केटका विभिन्न १२ आउटलेटमा आगजनी भएको छ भने ९ वटामा चोरी डकैती भएको छ।

२७ वटा आउटलेट र एउटा स्टोरगरी २८ वटामध्ये ७ वटा आउटलेट सुरक्षित रहेको भाटभटेनीले जनाएको छ। कोशी प्रदेशमा रहेका सबै आउटलेटमा क्षति भएको छ। उपत्यकाबाहिर रहेकामध्ये नेपालगञ्ज आउटलेटमात्र सुरक्षित रहेको छ। 

खर्बौँको सम्पत्ति क्षति भएको भाटभटेनीमा के कति क्षति भयो भन्ने प्रारम्भिक विवरणसमेत आइसकेको छैन। कतिपय आउटलेट अझ आगोमा नै रहेको छ। 

मंगलबार आन्दोलनकारीले विभिन्न सरकारी सम्पत्तिसहित निजी सम्पत्तिमाथि पनि तोडफोड गरी लुटपाट र आगजनी गरेका थिए। त्यसको सबैभन्दा ठूलो मारमा भाटभटेनी परेको देखिएको छ।

मंगलबार राति १० बजेपछि सेना परिचालन भएपछि मात्र लुटपाट र आगजनी कम हुँदै गएको थियो। त्यसअघि कति सरकारी र निजी सम्पत्ति क्षति भयो भन्ने विवरण आइसकेको छैन।

आन्दोलनमा रहेका जेनजीले घुसपैठ भएर निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको बताइरहेको छ।


प्रकाशित : बुधबार, भदौ २५ २०८२१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend