बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

डडेल्धुरा कारागारबाट भागेका कैदीबन्दीमध्ये २६ जना सेनाको नियन्त्रणमा

बुधबार, भदौ २५ २०८२
डडेल्धुरा कारागारबाट भागेका कैदीबन्दीमध्ये २६ जना सेनाको नियन्त्रणमा

देशमा चलिरहेको विषम परिस्थितिको फाइदा उठाउँदै भागेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो।

काठमाडौं- डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ। 

देशमा चलिरहेको विषम परिस्थितिको फाइदा उठाउँदै भागेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो।

यस्तै, काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरुलाई रोकिएको नेपाली सेनाले जनाएको छ।

सरकारको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका कारण मंगलबार अराजक र हिंसात्मक गतिविधि बढेको समयमा देशभरका कयौँ कारागारका कैदीहरु भागेका थिए। बुधबार डिल्लीबजारका कैदीबन्दी पनि कारागार तोडेर भाग्न खोजेपछि सेनाले घेरा हालेर रोकेको हो।

सहकारी ठगी प्रकरणमा कैदी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि प्रदर्शनकारीले नक्खु कारागारबाट निकालेका थिए। देशभरका थुप्रै कारागारबाट पनि कैदीबन्दीहरू भागेका छन्।


प्रकाशित : बुधबार, भदौ २५ २०८२१४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend