शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिरो मोटोकर्पले अर्को महिना पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्ने

आइतबार, फागुन १५ २०७८
हिरो मोटोकर्पले अर्को महिना पहिलो विद्युतीय स्कुटर सार्वजनिक गर्ने

काठमाडौं- विश्वको सबैभन्दा ठूलो दुईपांग्रे सवारी उत्पादन हिरो मोटोकर्पले पनि पहिलो दुईपांग्रे विद्युतीय सवारी ल्याउने भएको छ। कम्पनीले अर्को महिना अर्थात मार्च २०२२ मा आफ्नो पहिलो विद्युतीय दुईपांग्रे सवारी सार्वजनिक गर्ने भएको हो। 

हिरो मोटोपर्कले धेरै माइलेज दिने प्रिमियम सवारी सवारी सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका सीएफओ निरञ्जन गुप्ताले बताएको हिन्दुस्तान टाइम्सले लेखेको छ। हिरोले आफ्नो पहिलो विद्युतीय सवारी आन्द्र प्रदेशमा रहेको प्लान्टबाट उत्पादन हुनेछ। 

हिरोले सार्वजनिक गर्ने पहिलो विद्युतीय सवारी स्कुटर हुने छ जुन गत वर्ष नै परीक्षण गरेको थियो। हिरोले ल्याउने उक्त स्कुटरले बजानको चेतक इभी, टीभीएसको आइक्युब, ओलाको एसवानलगायन मोडलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। 

हिरोले प्रिमियमका साथै मध्यम तथा सबैका लागि उपयोगी मूल्यका मोटरसाइकल तथा स्कुटर विद्युतीय भर्सनमा ल्याउने गुप्ताको भनाइ छ।


प्रकाशित : आइतबार, फागुन १५ २०७८०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend