काठमाडौं- नेपाली सेनाले सहयोगको पर्खाइमा रहेका सबै विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
घुम्नेलगायत विभिन्न उद्देश्य लिइ नेपाल आएका पर्यटकहरुलाई विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परेको अवस्थामा उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्न अनुरोध गरिएको हो।
साथै सेनाले त्यस्ता विदेशी नागरिकहरुसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुसमेत अनुरोध छ।