बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

डिल्लीबजार कारागारबाट भाग्न खोज्ने कैदीबन्दीलाई सेनाले राेक्याे, अन्य कहाँबाट कति कैदी भागे?

बुधबार, भदौ २५ २०८२
डिल्लीबजार कारागारबाट भाग्न खोज्ने  कैदीबन्दीलाई सेनाले राेक्याे, अन्य कहाँबाट कति कैदी भागे?

सहकारी ठगी प्रकरणमा कैदी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि प्रदर्शनकारीले नक्खु कारागारबाट निकालेका थिए।

काठमाडौं- डिल्लीबजार कारागारबाट भाग्न खोजिरहेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको छ। 

सरकारको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका कारण मंगलबार अराजक र हिंसात्मक गतिविधि बढेको समयमा देशभरका कयौँ कारागारका कैदीहरु भागेका थिए। बुधबार डिल्लीबजारका कैदीबन्दी पनि कारागार तोडेर भाग्न खोजेपछि सेनाले घेरा हालेर रोकेको हो।

सहकारी ठगी प्रकरणमा कैदी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि प्रदर्शनकारीले नक्खु कारागारबाट निकालेका थिए। 

कास्कीका कारागारबाट मात्रै ७७३ कैदी भागेका छन् भने जलेश्वर कारागारबाट ५७६, सुनसरीको झुम्का कारागारबाट १५ सयभन्दा बढी कैदीबन्दी भागेका छन्।

यस्तै, रौतहटबाट २६०, चितवनबाट ७००, कैलालीबाट ६१२, कञ्चनपुरबाट ४५०, सोलुखुम्बुबाट ८६, रुकुमपश्चिमबाट ७२, दाङबाट १२४, जुम्लाबाट ३६, म्याग्दीबाट ७६, बझाङबाट ६५ र बैतडीबाट ६२ कैदी भागेका छन्। 

तनहुँ, ललितपुरको नख्खु, केन्द्रिय कारागार सुन्धारालगायतबाट भागेका कैदीबन्दीको भने संख्या खुल्न बाँकी छ। 

मंगलबार अराजक समूहले दशभरका सरकारी कार्यालाय भवन, निजी तथा व्यावसायिक भवनमा आगजनी र तोडफोड गर्दा ठूलो क्षति भएको छ। सोमबारको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जना प्रदर्शनकारी मृत्यु भएपछि मंगलबार स्थिति थप तनावग्रस्त बनेको थियो। हिजो साँझदेखि नै सेना परिचालन गरिएपछि भने विस्तारै माहाेल शान्त हुँदैछ।

अहिले देशभर कर्फ्यु जारी छ। भोलि बिहानसम्मै निषेधाज्ञा कायमै रहने नेपाली सेनाले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ २५ २०८२१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend