बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाखभन्दा बढी नगद र हतियार बरामद

बुधबार, भदौ २५ २०८२
लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाखभन्दा बढी नगद र हतियार बरामद

साथै, बौद्ध क्षेत्रबाट ३३ लाख ७० हजार रूपैयाँ नगदसहित केही व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं- विषम परिस्थितिको फाइदा उठाउँदै तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। मंगलबार रातिदेखि शान्तिसुरक्षामा खटिएको नेपाली सेनाले अराजक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन थालेको हो।

बुधबार बिहान १० बजेसम्म २७ जनालाई नियन्त्रणमा लिइएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। 

उनीहरुको साथबाट ३१ वटा हतियार बरामद भएका छन्। काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको हो। 

साथै, बौद्ध क्षेत्रबाट ३३ लाख ७० हजार रूपैयाँ नगदसहित केही व्यक्ति पक्राउ परेका छन्।

प्रकाशित : बुधबार, भदौ २५ २०८२११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend