काठमाडौं- सर्वोच्च अदालतमा मंगलबार भएको आगजनीका कारण पेसीमा रहेका मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। मुद्दाका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएका कारण सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको हो।
सोमबार प्रदर्शनमा निस्किएका १९ जनाको प्रहरीको गोली लागि मृत्यु हुँदा आक्रोशित युवाहरुले मंगलबार देशभरका सरकारी, निजी र व्यावसायिक संरचनाहरु तोडफोड र आगजनी गरी ध्वस्त बनाएका छन्।
सिंहदरबार, संसद भवन, सडक विभाग, प्रहरी विभाग सर्वोच्च अदालतलगायत सरकारी संरचना जलेर नष्ट भएका छन्।