बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

आज र भोलि सेयर कारोबार नहुने

बुधबार, भदौ २५ २०८२
आज र भोलि सेयर कारोबार नहुने

आज र भोलि  पुँजी बजारमा सेयर कारोबार नहुने भएको छ।

काठमाडौं- देशमा जारी विषम परिस्थितिको प्रभाव सेयर बजारमा पनि देखिएको छ। आज र भोलि पुँजी बजारमा सेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो। 

'हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ', नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ।

सोमबार भएको प्रदर्शनका क्रममा १९ जनाको हत्या भएपछि आक्रोशित प्रदर्शकारीले मंगलबार आन्दोलन झन् चर्काएका थिए। सिंहदरबारदेखि अधिकांश सरकारी संरचना तोडफोड र आगजनी गरी ध्वस्त पारिएको छ। अहिले देशभर कर्फयु जारी छ। 


प्रकाशित : बुधबार, भदौ २५ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend