शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

निर्वाचन आयोगले ११ करोड ४० लाख रुपैयाँको मतपत्र खरिद गर्दै

images
आइतबार, फागुन १५ २०७८
images
निर्वाचन आयोगले ११ करोड ४० लाख रुपैयाँको मतपत्र खरिद गर्दै

आयोगले कर सहित ११ करोड ४० लाख ६२ हजार २ सय रुपैयाँमा ब्यालेट पेपर (मतपत्र छपाईका लागि आवश्यक कागज) खरिद गर्न कम्पनी छनोट गरेको हो।

images
images

काठमाडौं- निर्वाचन आयोगले स्थानीय निर्वाचनका मदपत्र छपाईका लागि आवश्यक कागज खरिद गर्ने भएको छ।

images
images
images

आयोगले झन्डै ६ सय मेट्रिक टन कागज खरिदका लागि कम्पनी छनोट गरेको छ। आयोगले कर सहित ११ करोड ४० लाख ६२ हजार २ सय रुपैयाँमा ब्यालेट पेपर (मतपत्र छपाईका लागि आवश्यक कागज) खरिद गर्न कम्पनी छनोट गरेको हो। आयोगले गावियोनेट इन्भाइरोमन्ट सोलुसन प्रालिसँग कागज खरिद गर्न लागेको हो।

images
images

कागज खरिद गरेपछि निर्वाचन आयोगले सरकारी छपाईको काम गर्ने कम्पनी वा निकायसँग मतपत्र छपाईका लागि आग्रह गर्ने र सरकारीबाट काम नभएको अवस्थामा निजी कम्पनीसँग प्रतिस्पर्धामा मतपत्र छपाई गर्ने तयारी गरेको छ। स्थानीय तहको निर्वाचनमा २ करोड मत पत्र छाप्ने निर्वाचन आयोगको तयारी छ।

images
images
mat patra.JPG


प्रकाशित : आइतबार, फागुन १५ २०७८०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend