बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बुद्ध एयरका सम्पूर्ण उडान रद्द

बुधबार, भदौ २५ २०८२
बुद्ध एयरका सम्पूर्ण उडान रद्द

विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको बुद्ध एयरले जनाएको छ।

काठमाडौं- पछिल्लो समय विकसित घटनाक्रमका कारण आज बुधबार सम्पूर्ण उडान रद्द गरिएको बुद्ध एयरले जनाएको छ।

विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको बुद्ध एयरले जनाएको छ।

यस्तै नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ। देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ।

आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ। सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने छ।

साथै राष्ट्रिय एकता र सामाजिक सदभावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वलाई निरन्तरता दिने विश्वास लिएको सेनाले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ २५ २०८२१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend