बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

देशभर भोलि बिहानसम्म कर्फ्यु जारी रहने, एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सवारीसाधन चल्नसक्ने

बुधबार, भदौ २५ २०८२
देशभर भोलि बिहानसम्म कर्फ्यु जारी रहने, एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सवारीसाधन चल्नसक्ने

निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारीसाधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरु) सञ्चालन हुन सक्नेछ।

काठमाडौं- देशभर जारी निषेधाज्ञा (कर्फ्यु) भोलि (भदौ २६) बिहान ६ बजेसम्मका लागि लम्बिएको छ। 

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेकाले कर्फ्यु जारी राखिएको नेपाली सेनाले जनाएको छ।

देशको समग्र शान्तिसुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारीसाधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरु) सञ्चालन हुन सक्नेछ। आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न अनुरोध गरिएको छ।

साथै नेपाली सेनाले आन्दोलनपश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको जनाउँदै आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमणहरुलाई दण्डनीय अपराधकारुपमा लिइ सुरक्षाकर्मीबाट कडा कारबाही हुने पनि जनाएको छ।

sena.jpg

sena1.jpg


प्रकाशित : बुधबार, भदौ २५ २०८२१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend