बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सार्वजनिक निजी सम्पत्तिको सुरक्षामा नेपाली सेनालगायत अन्य सुरक्षा निकाय तैनाथ हुने

मंगलबार, भदौ २४ २०८२
सार्वजनिक निजी सम्पत्तिको सुरक्षामा नेपाली सेनालगायत अन्य सुरक्षा निकाय तैनाथ हुने

'रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौँ। सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौँ' सेनाले भनेको छ।

काठमाडौं- आन्दोलनका क्रममा मंगलबार विभिन्न स्थानमा आगजनी र लुटपाटको घटना भएपछि सार्वजनिक निजी सम्पत्तिको सुरक्षामा नेपाली सेनालगायत अन्य सुरक्षा निकाय तैनाथ हुने भएको छ।

'हालको विषम परिस्थितिको अनुचित फाइदा उठाइ केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ' सेनाले विज्ञप्तीमार्फत भनेको छ।

'यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौँ। सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौँ' सेनाले भनेको छ।

आन्दोलन सफलताको गर्व गर्न नपाउँदै आतंक र लुटपाटले त्रस्त सहर आन्दोलन सफलताको गर्व गर्न नपाउँदै आतंक र लुटपाटले त्रस्त सहर


प्रकाशित : मंगलबार, भदौ २४ २०८२२१:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend