काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिएका छन्। सांसद तोसिमा कार्की, सोबिता गौतम, स्वर्णिम वाग्ले, निशा डाँगी, सुमना श्रेष्ठलगायत रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिएका हुन्।
युवापुस्ताको मागमा समर्थन जनाउँदै निरन्तर आन्दोलनमा रहने रास्वपाले जनाएको छ। देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा प्रदर्शनमा उत्रिएका युवमाथि प्रहार गरी आवाज दबाउन खोज्नु जायज नहुने रास्वपा सांसदको भनाइ छ।
वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिइ सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।
यी हुन् राजीनामा दिने रास्वपा सांसदहरु :
१. रवि लामिछाने, संसदीय दलको नेता
२. डोल प्रसाद अर्याल, संसदीय दलको पूर्वनेता
३. डा. स्वर्णिम वाग्ले, सदस्य
४. विराजभक्त श्रेष्ठ, संसदीय दलको उपनेता
५. सन्तोष परियार, प्रमुख सचेतक
६. निशा डाँगी, सचेतक
७. मनिष झा, सदस्य
८. सुमना श्रेष्ठ, सदस्य
९. गणेश पराजुली, सदस्य
१०. सोबिता गौतम, सदस्य
११. डा.तोसिमा कार्की, सदस्य
१२. शिशिर खनाल, सदस्य
१३. हरि ढकाल, सदस्य
१४. प्रा.डा. चन्दा कार्की (भण्डारी), सदस्य
१५. असिम शाह, सदस्य
१६. लक्ष्मी तिवारी, सदस्य
१७. अशोक कुमार चौधरी, सदस्य
१८. शिव नेपाली, सदस्य
१९. बिनिता कठायत, सदस्य
२०. विन्दवासिनी कांसकार, सदस्य