बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् - युवाका माग सम्बोधन नगरी ज्यान लिनु दु:खद्

मंगलबार, भदौ २४ २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् - युवाका माग सम्बोधन नगरी ज्यान लिनु दु:खद्

प्रदर्शन हिंस्रक बनेको भन्दै प्रहरीले गोली चलाउँदा करिब १९ जनाको मृत्यु भएपछि सर्वत्र आलोचना भइरहँदा पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अशान्त परिस्थितिलाई देशभित्रैबाट शान्त बनाउन आग्रह गरेका छन्। पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक बन्न नहुने, अराजक र घुसपैठ हुन नहुने उनको भनाइ छ।

सोमबार युवाले काठमाडौंलगायत देशका मुख्य सहरहरुमा प्रदर्शन गरेका थिए। प्रदर्शन हिंस्रक बनेको भन्दै प्रहरीले गोली चलाउँदा करिब १९ जनाको मृत्यु भएपछि सर्वत्र आलोचना भइरहँदा पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका युवापुस्ताले आक्रोश पोख्दा उनीहरुको माग सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु निन्दनीय कार्य भएको उनको भनाइ छ।

यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यताविपरीत रहेको भन्दै उनले यो आन्दोलन हिंसात्मक बन्न नहुने, अराजक र घुसपैठ हुन नहुने उनको धारणा रहेको उनको संवाद सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

gyanendra - press - release.png

 


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend