बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्रदर्शनकारीहरू सिंहदरबारभित्र प्रवेश गरे

मंगलबार, भदौ २४ २०८२
प्रदर्शनकारीहरू सिंहदरबारभित्र प्रवेश गरे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलमा एउटा जहाजलाई स्ट्यान्डबाइ राखेर अन्य सबै उडान बन्द गरिएको हो। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ।

काठमाडौं- सडकमा निस्किएर मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेकाहरू दिउँसो सिंहदरबार प्रवेश गरेका छन्। 

युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकाले बर्बर दमन गरेर १९ जनाको हत्या गरेपछि आज देशभर आन्दोलन चर्किएको छ। आन्दोलनकारीहरूले नेताहरूका आवासलक्षित गर्दै आगजानी र तोडफोड गरिरहेका छन्। एक टोली प्रदर्शनकारी गेट तोडेर सिंहदरबारभित्रै प्रवेश गरेका हुन्। 

काठमाडौंमा स्थानीयहरू नै सडकमा उत्रिएका छन्। युवा, वयस्क तथा महिलाहरू सडकमा उत्रिएका छन्। आमा, बुबा, दिदीबहिनीहरू युवालाई साथ दिन निस्किएका छन्। कर्फ्यु आदेशका बाबजुत देशका धेरै ठाउँमा प्रदर्शन गरिरहेका छन्। युवा प्रदर्शनकारीले प्रहरीलाई भनिरहेका छन्- 'तपाइँहरू फर्किनुस्, आज देशको सुरक्षा हामी गर्छौँ।'

नेताहरु हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलमा एउटा जहाजलाई स्ट्यान्डबाइ राखेर अन्य सबै उडान बन्द गरिएको हो। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ। 

सोमबार कलिला युवा विद्यार्थीको हत्या सरकारले गरेपछि आक्रोशित भएका स्थानीयहरू टोलटोलबाट निस्किएर प्रदर्शन गरिरहेका छन्। नेपालको इतिहासमा कठोर भनिएका कुनै पनि शासनमा यति धेरै नागरिक सत्ताले मारेको थिएन। यो कसीमा राख्दा केपी ओली इतिहासकै निरंकुश र तानाशाह हुन्। यस्तो निरंकुश तानाशाह लोकतान्त्रिक व्यवस्थाको प्रमुख हुन कुनै पनि दृष्टिबाट सही छैन। 

सोमबार बानेश्वर केन्द्रित प्रदर्शन मंगलबार उपत्यकाका चोकचोकमा फैलिएको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, कलाकार मनोज गजुरेललगायत व्यक्तिहरू सडकमा आइसकेका छन्। अन्य जिल्लाहरूमा पनि निरन्तर प्रदर्शन भइरहेको छ। 

विदेशमा रहेका नेपालीले पनि आफ्नो आवाज उठाइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ आकृष्ट भएको छ। सबैले सरकारको शैलीको आलोचना गरिरहेका छन्। 


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend