काठमाडौं- सरकारको तानाशाही कार्यशैलीबाट आक्रोशित युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा पनि तोडफोड र आगजनी गरेका छन्।
जारी निषेधाज्ञा तोडेर प्रदर्शन गरिरहेका युवाहरुले मंगलबार बालकोटस्थित ओलीको घरमा आगजनी गरेका हुन्।
सोमबार सरकारले भ्रष्टाचारविरुद्ध सडकमा आएका युवामाथि दमन गरेपछि सर्वत्र विरोध भइरहेको छ। आक्रोशित युवाहरुले शीर्ष दलका कार्यालय, नेता र सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरिरहेका छन्।