बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सिभिल अस्पतालमा पानीको अभाव, अस्पतालमा भएका भन्छन् - प्लिज पानी ल्याइदिनुस्

मंगलबार, भदौ २४ २०८२
सिभिल अस्पतालमा पानीको अभाव, अस्पतालमा भएका भन्छन् - प्लिज पानी ल्याइदिनुस्

'यहाँ पानीको हाहाकार भएको छ। कसैलाई पनि पानी पुर्‍याउन सक्ने अवस्था छैन। प्लिज पानीको व्यवस्था गरिदिनुस्।'

काठमाडौं- बानेश्वरस्थित सिभिल अस्पतालमा पानीको अभाव भएको छ। अस्पतालमा रहेकाहरूले पानीको व्यवस्था गरिदिन भन्दै आग्रह गरिरहेका छन्। 

अस्पतालका एक कर्मचारीले भने- 'यहाँ पानीको हाहाकार भएको छ। कसैलाई पनि पानी पुर्‍याउन सक्ने अवस्था छैन। प्लिज पानीको व्यवस्था गरिदिनुस्।'

बानेश्वरमा भएको प्रदर्शनको क्रममा मंगलबारमात्रै ३० जना घाइतेलाई सिभिल अस्पताल लगिएको छ। सोमबार पनि सयौँ घाइते सिभिल अस्पतालमा नै छन्। 

सोमबार गोली लागेकाहरूमा एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। 


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend