काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका लागि संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ बजेका लागि बैठक आह्वान गरेका हुन्।
प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै भनेका छन्, 'कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो।'
परिस्थितिको मूल्यांकन र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको उनको भनाइ छ।
सरकारले सोमबार भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा ओर्लिएको युवा प्रदर्शनकारीमाथि गरेको दमनको मंगलबार सर्वत्र विरोध भइरहेको छ। आक्रोशित युवाहरुले शीर्ष दलका पार्टी कार्यालय र नेताहरुको घरमा तोडफोड र आगजनी गरिरहेका छन्।