बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, एउटा जहाज 'स्टान्डबाइ'

मंगलबार, भदौ २४ २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, एउटा जहाज 'स्टान्डबाइ'

शीर्ष नेताहरू सैनिक हेलिकप्टरबाट धमाधम काठमाडौं छाड्ने तयारीसमेत गरेका छन्। तीनवटा हेलिकप्टर बालुवाटारमा पुर्‍याइएको छ। त्रिभुवन विमानस्थलमा एउटा जहाज स्टान्डबाइ राखिएको छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलमा एउटा जहाजलाई स्ट्यान्डबाइ राखेर अन्य सबै उडान बन्द गरिएको हो।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ। 

सोमबार सरकारले १९ जना युवाको हत्या गरेपछि आज मंगलबारदेखि काठमाडौंमा रहेका शीर्ष नेता काठमाडौं छाड्ने तयारी गरेका छन्।

सबै उमेर समूहका नागरिक सडकमा उत्रिएर प्रदर्शनमात्र होइन शीर्ष नेताको आवासलक्षित गर्दै तोडफोड आगजानी गरिरहेका छन्। 

यही त्रासले शीर्ष नेताहरू सैनिक हेलिकप्टरबाट धमाधम काठमाडौं छाड्ने तयारीसमेत गरेका छन्। तीनवटा हेलिकप्टर बालुवाटारमा पुर्‍याइएको छ। त्रिभुवन विमानस्थलमा एउटा जहाज स्टान्डबाइ राखिएको छ। 

काठमाडौंमा स्थानीयहरू सडकमा उत्रिएका छन्। युवा, वयस्क तथा महिलाहरू सडकमा उत्रिएका छन्। आमा, बुबा, दिदीबहिनीहरू युवालाई साथ दिन निस्किएका छन्। कर्फ्यु आदेशका बाबजुत देशका धेरै ठाउँमा प्रदर्शन गरिरहेका छन्।

सैनिक हेलिकप्टरबाट काठमाडौं छाड्दै शीर्ष नेताहरू, तीन हेलिकप्टर वालुवाटारमा सैनिक हेलिकप्टरबाट काठमाडौं छाड्दै शीर्ष नेताहरू, तीन हेलिकप्टर वालुवाटारमा


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend