बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २४ २०८२
खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा

क्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन्।

काठमाठौं- खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। जेनजीहरूको प्रदर्शनका क्रममा राज्यले दमन गरेको भन्दै उनले राजीनामा दिएका हुन्। 

जेनजीले सोमबार गरेको प्रदर्शनमा सरकारले गोली चलाउँलदा १९ जना युवाले ज्यान गुमाएका थिए। उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन्।

‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु ।’

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend