बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

विराटनगर क्षेत्र आसपास पनि कर्फ्यु आदेश

मंगलबार, भदौ २४ २०८२
विराटनगर क्षेत्र आसपास पनि कर्फ्यु आदेश

मोरङ जिल्ला प्रशासनले महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गर्दै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ११ बजेदेखि राति १० बजेसम्म विराटनगर महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज भएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजम सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नालगायत गतिविधिमाथि निषेध गर्दै कर्फ्यु आदेश जारी गरेको हो।

मोरङ जिल्ला प्रशासनले महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गर्दै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ। रासस


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend