बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

युवाको आवाजलाई साथ दिन जनआन्दोलन सुरु, घरघरबाट निस्किए आमाबा

मंगलबार, भदौ २४ २०८२
युवाको आवाजलाई साथ दिन जनआन्दोलन सुरु, घरघरबाट निस्किए आमाबा

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, कलाकार मनोज गजुरेललगायत व्यक्तिहरू सडकमा आइसकेका छन्। अन्य जिल्लाहरूमा पनि निरन्तर प्रदर्शन भइरहेको छ।

काठमाडौं- युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकाले बर्बर दमन गरेर १९ जनाको हत्या गरेपछि आज देशभर आन्दोलन चर्किएको छ। आन्दोलनकारीहरूले नेताहरूका आवासलक्षित गर्दै आगजानी र तोडफोड गरिरहेका छन्। 

यस्तै काठमाडौंमा भने स्थानीयहरू सडकमा उत्रिएका छन्। युवा, वयस्क तथा महिलाहरू सडकमा उत्रिएका छन्। आमा, बुबा, दिदीबहिनीहरू युवालाई साथ दिन निस्किएका छन्। कर्फ्यु आदेशका बाबजुत देशका धेरै ठाउँमा प्रदर्शन गरिरहेका छन्।

सोमबार कलिला युवा विद्यार्थीको हत्या सरकारले गरेपछि आक्रोशित भएका स्थानीयहरू टोलटोलबाट निस्किएर प्रदर्शन गरिरहेका छन्। 

नेपालको इतिहासमा कठोर भनिएका कुनै पनि शासनमा यति धेरै नागरिक सत्ताले मारेको थिएन। यो कसीमा राख्दा केपी ओली इतिहासकै निरंकुश र तानाशाह हुन्। यस्तो निरंकुश तानाशाह लोकतान्त्रिक व्यवस्थाको प्रमुख हुन कुनै पनि दृष्टिबाट सही छैन। 

सोमबार बानेश्वर केन्द्रित प्रदर्शन मंगलबार उपत्यकाका चोकचोकमा फैलिएको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, कलाकार मनोज गजुरेललगायत व्यक्तिहरू सडकमा आइसकेका छन्। अन्य जिल्लाहरूमा पनि निरन्तर प्रदर्शन भइरहेको छ। 

विदेशमा रहेका नेपालीले पनि आफ्नो आवाज उठाइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ आकृष्ट भएको छ। सबैले सरकारको शैलीको आलोचना गरिरहेका छन्। 

सरकारले छोराछोरी पुस्ताको हत्या गरेको भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन्। रास्वपा सांसद अशिम शाहले पनि सांसद पदबाट राजीनामा बुझाएको घोषणा गरेका छन्। 

अधिकारी र शाहसँगै अन्य केही मन्त्रीहरूले पनि राजीनामा दिने तयारी गरिरहेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेमा आबद्ध सयौँ नेता कार्यकताले पार्टी परित्याग गरेको घोषणा गरिरहेका छन्। 


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend