बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेपालको पछिल्लो घटनाक्रमप्रति भारतको चासो

मंगलबार, भदौ २४ २०८२
नेपालको पछिल्लो घटनाक्रमप्रति भारतको चासो

नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारत सरकारले आग्रह छ।

काठमाडौं- भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको बताएको छ।

भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ।

‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ। अनेकौँ युवा जीवनको क्षतिबाट हामी दु:खी भएका छौँ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवारप्रति हामी समवेदना व्यक्त गर्दछौँ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारत सरकारले आग्रह छ।

भारतले काठमाडौंसहित अन्य सहरमा कर्फ्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न विज्ञप्तिमा भनिएको छ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले दमन गर्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ४ सय भन्दा बढी युवाहरु घाइते भएका छन्।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend