बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

यातायात सहज गराउन महासंघको माग

मंगलबार, भदौ २४ २०८२
यातायात सहज गराउन महासंघको माग

यस्तै, महासंघले घाइते युवाहरुको उपचारका लागि पनि सरकारसँग माग गर्दै आफ्ना सदस्यहरुलाई सक्दो सहयोग गर्न पनि अनुरोध गरेको छ।

काठमाडौं- नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ।

सोमबारको जेनजी युवाको प्रदर्शनमा भएको प्रहरी दमन र सरकारको बेथितिविरुद्ध बोल्दा युवाले जीवन गुमाउनु परेकोमा दु:ख व्यक्त गर्दै महासंघले देशभर शान्तिसुरक्षा कायम गरी यातायात सहज गराउन माग गरेको हो।

युवाहरु सरकारविरुद्ध आन्दोलनरत रहँदा परिस्थिति नियन्त्रणबाहिर जानसक्ने भन्दै सोमबार दिउँसोदेखि नै काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशभरका मुख्य सहरहरुमा निषेधाज्ञा लगाइएको छ। यस्तोमा आमयात्रुलाई आवतजावतमा असहज हुने भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

यस्तै, महासंघले घाइते युवाहरुको उपचारका लागि पनि सरकारसँग माग गर्दै आफ्ना सदस्यहरुलाई सक्दो सहयोग गर्न पनि अनुरोध गरेको छ।

देशभर शान्तिसुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यकालगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारीसाधनहरु सञ्चालन नगर्न/नगराउन पनि महासंघको आग्रह छ।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend