बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

रुपन्देही प्रशासनले लगायो अनिश्चितकालीन निषेधाज्ञा

मंगलबार, भदौ २४ २०८२
रुपन्देही प्रशासनले लगायो अनिश्चितकालीन निषेधाज्ञा

अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्णरूपमा रोक लगाइएको छ।

भैरहवा- रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागु गरेको हो।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागु भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ।

यसैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्णरूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्‍याउने जोकोहीलाई पनि प्रचलित कानूनबमोजिम कारबाही गरिने जानकारी दिएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend