बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

मंगलबार, भदौ २४ २०८२
पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

अरनिको र बीपी राजमार्गबाट काभ्रेपलाञ्चोक हुँदै दैनिक करिब एक हजार सार्वजनिक यातायात साथ आवतजावत गर्दै आएका छन्।

काभ्रेपलाञ्चोक- काठमाडौं उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ। आज बिहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि साँगाबाट यातायातका साधनलाई रोक लगाइएको हो।

अरनिको, बीपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारीसाधानलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, काभ्रेपलाञ्चोकको धुलिखेख-काठमाडौं र पनौती-काठमाडौं रुटका सार्वजनिक तथा निजी सवारीलाई साँगामै रोकिएको कार्यालयका प्रमुख सुनिल धाँजूले बताए। उनका अनुसार वैकल्पिक सडकबाट पनि उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधानलाई जिल्लाका विभिन्न स्थानमा रोकिएको छ।

उपत्यका जाने लामो दुरीका मध्यपहाडी क्षेत्र सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकबाट बिहानै आएका सार्वजनिक यातायातलाई काभ्रेपलाञ्चोकका विभिन्न ‘चेकपोष्ट’मा ‘होल्ड’ गरिएको धाँजूले जानकारी दिए।

अरनिको र बीपी राजमार्गबाट काभ्रेपलाञ्चोक हुँदै दैनिक करिब एक हजार सार्वजनिक यातायात साथ आवतजावत गर्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend