बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

काठमाडौंमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २४ २०८२
काठमाडौंमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो

आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौं पठाइको हो।

झापा- काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौं पठाएको छ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लाोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो। 

काठमाडौंमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौं पठाइको सभापति ढकालले जानकारी दिए।

जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए। सो क्रममा दमकमा केही युवा घाइते भएका थिए।  

जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो। निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend