काठमाडौं- काठमाडौं र ललितपुरमा जारी कर्फ्यूपछि अब भक्तपुरमा पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मंगलबार जारी गरेको आदेशअनुसार अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागु हुने जनाएको छ। आदेशमा जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यू आदेश लागु हुने उल्लेख गरिएको छ।
जिल्लामा बढ्दो असुरक्षा र हिंसात्मक गतिविधि नियन्त्रणमा लिन सुरक्षाको चासोका कारण यस्तो कदम उठाइएको प्रशासनले जनाएको छ।