बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कर्फ्यूकैबीच बानेश्वरमा प्रदर्शन सुरू

मंगलबार, भदौ २४ २०८२
कर्फ्यूकैबीच बानेश्वरमा प्रदर्शन सुरू

काठमाडौंमा कर्फ्यू जारी भइरहेका बेला पनि जेनजी पुस्ताले दोस्रो दिन प्रदर्शन सुरु गरेका छन्। मंगलबार बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा युवाहरू भेला भई प्रदर्शन गरिरहेका हुन्।

काठमाडौं- काठमाडौंमा कर्फ्यू जारी भइरहेका बेला पनि जेनजी पुस्ताले दोस्रो दिन प्रदर्शन सुरु गरेका छन्। मंगलबार बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा युवाहरू भेला भई प्रदर्शन गरिरहेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका थिए। मृतकमध्ये धेरैजसो युवा रहेको मन्त्रालयले जनाएको छ।

स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि चक्रपथ क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ।

तर कर्फ्यू आदेशको उल्लंघन गर्दै नयाँ बानेश्वर क्षेत्रमा युवाहरू भेला भएर प्रदर्शन गरिरहँदा प्रहरीले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२०८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend