काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान ८:३० बजेदेखि चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लागू गरिएको हो।
कर्फ्यू अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।